Like us!
Follow us!
Connect us!
Watch us!

बीमा समितीका अध्यक्ष सिलवाल भन्छन्, "म बीमा क्षेत्रको विज्ञ हैन"

अर्थ संसार

आइतबार, ०१ साउन २०७९, १४ : ४४ मा प्रकाशित

बीमा समितीका अध्यक्ष सिलवाल भन्छन्, "म बीमा क्षेत्रको विज्ञ हैन"

बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले आफू बीमा क्षेत्रकाे विज्ञ नभएकाे बताएका छन् । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको एकिकृत कार्यक्रममा यस्तो बताएका हुन् ।

“ म बिमा क्षेत्रको विज्ञ हैन, समग्र मुलुकको अर्थतन्त्र बुझ्ने मान्छे भने हुँ। सरकारमा ३१ वर्षको अनुभव छ र विभिन्न मन्त्रालयहरुमा कार्य गर्दा राष्ट्रको अर्थतन्त्रबारे ज्ञान राख्ने मान्छे भने हो।” उनले भने ।

कार्यक्रममा बोल्दै उनले बिमाको मर्जरको नीति बीमा समितिले लिएको भएतापनि त्यसको कार्यान्वयन कम्पनीले गर्ने र ज्वाइन्ट मर्जर कमिटीले गरेको कार्य उदाहरणीय र प्रशंसनीय रहेको बताए।

आफू भूमिकामा आउँदा २ थरी चर्चा थिए हामीकहाँ धेरै बीमा कम्पनीहरु खुल्यो अध्ययनका आधारमा बीमा कम्पनीहरु खोल्नुपर्ने थियो तर अध्यक्षले सरकारले भनेअनुसारको लाइसेन्स वितरण गर्दै गए । अर्को कुरा हाम्रो साइजको भूगोलको अर्थतन्त्रमा कति निर्जीवन बीमा कम्पनी र जीवन बीमा कम्पनी ठीक हुन्छ र अप्टीमम नम्बर कति हो अध्ययन हुनुपर्छ र यो वर्ष अध्ययन हुने उनले बताए ।

"अहिले बीमा कम्पनीहरुबीचको अस्वस्थ्य प्रतिस्पर्धाले गर्दा २ रुपैयाँमा डोजरको बीमा गर्न थाल्यौँ, आफ्नो कस्ट काटेर बीमा गर्न थाल्यौँ, आफ्नो एक्सिस्टटेन्सको चिन्ता नगरी ट्रेडको भोल्युम बढाएको देखाउन पर्यो जो हाम्रो रेटेन्सनहो भन्नेमा लाग्यो जसका कारण सर्वत्र रूपमा बिमाको बदनाम भएको छ।" उनले भने ।

बीमाको सुधार गर्न कम्पनीले आफैमा गभर्नेन्स क्रियट गर्नु पर्यो र बीमा समितिले बीमा कम्पनिले स्टान्डर्ड नमानेको खण्डमा इन्स्ट्रक्सन सुरु गरेको छ। उनका अनुसार बीमा कम्पनीको साइज सानो हुँदा, कम्पनीको पूँजी नहुँदा कम्पनी इनोभेसन्, रिसर्च काम गर्न सकिरहेका छैनन र विश्वव्यापी अभ्यास कार्यान्वयन तर्फ अगाडि बढाउने आधारमा यो नीति अघि सारिएको हो ।

मर्जरमा जान चाहेका र समस्यामा परेका कम्पनीलाई सहयोग बीमा समितिले आवश्यक सहयोग गरिरहेको बताउँदै उनले कम्पनीहरु अब नवीनतम प्रयोग तर्फ अगाडि बढ्नुपर्ने बताए ।

उनी भन्छन्, "बीमा कम्पनीलाई बीमा समितिले नियमन गरिरहन्छ, नियमन र नियन्त्रण फरक कुरा हो।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको