Like us!
Follow us!
Connect us!
Watch us!

कालो धनलाई सेतो बनाउन गभर्नरमाथि लाञ्छना लगाइयाे : प्रदीप ज्ञवाली

अर्थ संसार

सोमबार, ०२ साउन २०७९, १२ : ३५ मा प्रकाशित

कालो धनलाई सेतो बनाउन गभर्नरमाथि लाञ्छना लगाइयाे : प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणमा पूर्व अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश गर्न दिइ करका दर हेरफेर गरेको र सिसिटिभी फुटेज मेटाएको विषयमा गहिराइमा पुगेर सत्यतथ्य छानिबन गर्ने र घटनालाई तोडमोड गर्न नदिने स्पष्ट पारेका छन् ।

सोमबार काठमाडौंमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको उपभोक्ताको दृष्टिमा गठबन्धन सरकारको एक वर्ष विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् । 

त्यसैगरी, उनले कालो धनलाई सेतो बनाउनका लागि नै अहिले पनि गभर्नर महाप्रसाद अधिकारीमाथि बारम्बार हमला भइरहेको बताएका छन् । कालो धनलाई सेतो बनाउनका लागि नै अहिले पनि गभर्नरमाथि लाञ्छना लगाइएको आरोप लगाउँदै उनले अहिले गभर्नरमाथि बनाइएका बहाना भन्ने कुरा मात्रै रहेको उल्लेख गरे ।

उनले मुलुक आर्थिक हिसाबले पनि कुशासन र दुर्घटनाको बाटोतिर गइरहेकाे बताएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको