Like us!
Follow us!
Connect us!
Watch us!

एशियन लाइफकाे नयाँ बोनस दर सार्वजनिक, कुन याेजनामा कति बाेनस ?

अर्थ संसार

मंगलबार, ०३ साउन २०७९, १० : ३७ मा प्रकाशित

एशियन लाइफकाे नयाँ बोनस दर सार्वजनिक, कुन याेजनामा कति बाेनस ?

एशियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले नयाँ बाेनस दर कायम गरेकाे छ ।

कम्पनीले बीमा समितिबाट श्रावण १ गते स्वीकृत भए अनुसार विभिन्न प्रकारका बीमा योजनाहरूकाे आर्थिक वर्ष २०७७/७८ को बोनस दर सार्वजनिक गरेको हाे ।

कम्पनीले सावधिक तथा आजीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ५० रूपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस कायम गरेकाे छ । यस्तै, कम्पनीकाे बालबालिकाकाे सावधिक जीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनस पाउनेछन् । कम्पनीले सावधिक जीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ४० रूपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनस कायम गरेकाे छ ।

त्यसैगरी, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख याेजनामा प्रति हजार न्यूनतम ५० रूपैयाँदेखि अधिकतम ७० रूपैयाँसम्म बाेनस पाइनेछ । कम्पनीकाे नव रत्न, जीवन संजीवनी, दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ बीमा याेजनामा प्रति हजार न्यूनतम ४० रूपैयाँदेखि अधिकतम ६० रूपैयाँसम्म बोनस प्राप्त गर्न सकिनेछ ।

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनस दर यस प्रकारकाे छ :

62d63923573d6.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको