Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नर बर्खास्तीको माग गर्दै ३ विद्यार्थी संगठन आन्दोलनमा, देशैभरी आन्दोलन चर्काउने

अर्थ संसार

मंगलबार, ०३ साउन २०७९, १६ : ५२ मा प्रकाशित

गभर्नर बर्खास्तीको माग गर्दै ३ विद्यार्थी संगठन आन्दोलनमा, देशैभरी आन्दोलन चर्काउने

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै सत्तारुढ ३ विद्यार्थी संगठनहरूले चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् । 

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ, नेकपा माओवादी केन्द्रको अखिल क्रान्तिकारी र एकीकृत समाजवादीको अनेरास्ववियूले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनको बारेमा जानकारी दिएका हुन् । 

नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नै हो भन्ने दावी गर्दै बर्खास्तीको माग गरेका हुन् ।

आन्दोलनका कार्यक्रमहरूमा साउन ३ गते गभर्नर बर्खास्तीको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाउने, साउन ४ गते राष्ट्र बैंकको केन्द्रीय कार्यालय र देशभरिका कार्यालयमा कालो ब्यानर राख्ने, साउन ५ गते प्रज्ञा भवनको डबलीमा कार्टुन प्रदर्शन र अन्तर्क्रिया कार्यक्रम गर्ने र साउन ७ गते सांसदहरुलाई गभर्नर बर्खास्तीको आवाज उठाउन दवाव दिने विज्ञप्तिमा उल्लेख छ ।
 

62d690ca1ad7a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको