Like us!
Follow us!
Connect us!
Watch us!

कालो धनलाई सेतो बनाउन नपाएपछि गभर्नरमाथि सरकारी अट्याक : एमाले महासचिव

अर्थ संसार

बुधबार, ०४ साउन २०७९, १६ : १६ मा प्रकाशित

कालो धनलाई सेतो बनाउन नपाएपछि गभर्नरमाथि सरकारी अट्याक : एमाले महासचिव

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कालो धनलाई सेतो बनाउन नपाएपछि गभर्नरमाथि सरकारी अट्याक भएको बताएका छन् । 

बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कालो धनलाई सेतो धन बनाउन नपाउँदाखेरि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि सरकारी अट्याक भएको बताएका हुन् ।

एमालेको विभागमा गभर्नरलाई राखिएको भनेर उत्पन्न गरिएको विवाद असान्दर्भिक बनिसकेको उनको ठहर छ । यस्तै,  गभर्नर असफल हुनु भनेको देशमा वित्तीय संकट खडा गर्नेहरुलाई प्रोत्साहन गर्नु जस्तै भएकाे उनकाे तर्क थियाे ।

त्यस्तै, उनले गभर्नरलाई असफल बनाउन खोज्नुको कारण नबुझेमा नेपालको श्रीलंकाकरण हुने जोखिम रहेको पनि उल्लेख गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै उनले प्रश्न गरे, 'गभर्नरका विषयमा आक्रमण ब्ल्याकलाई ह्वाइट बनाउने योजना असफल भएका कारणले नै हो भन्ने बुझेनौं भने श्रीलंकाकरण हुने जोखिमबाट देशलाई जोगाउन सक्छौं ?’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको