Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल माइक्रोफाइनान्सकाे संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि भर्न पाउने

अर्थ संसार

विहीबार, ०५ साउन २०७९, ११ : ५९ मा प्रकाशित

नेशनल माइक्रोफाइनान्सकाे संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि भर्न पाउने

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । संस्थाका केही संस्थापक सेयरधनीहरूले आफ्नाे नाममा रहेकाे १२ हजार ७ सय ९७ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेकाे हाे ।

संस्थाले यसअघि एक सूचना प्रकाशन गर्दै संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशन भएकाे मितिले ७ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाकाे केन्द्रिय कार्यालय, निलकण्ठ-३, धादिङबेसी, धादिङमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

62d8efcda54c2.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको