Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीकाे छानबिन गर्न बनेकाे संसदीय विशेष समितिकाे म्याद थप

अर्थ संसार

विहीबार, ०५ साउन २०७९, १६ : ३८ मा प्रकाशित

अर्थमन्त्रीकाे छानबिन गर्न बनेकाे संसदीय विशेष समितिकाे म्याद थप

अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन भएकाे संसदीय विशेष समितिकाे म्याद थपिएकाे छ । उक्त समितिकाे म्याद ७ दिनका लागि थपिएकाे हाे ।

यसअघि समितिले बजेटमा करका दर हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय छनबिन गरी १० दिनभित्र प्रतिनिधि सभामा पेश गर्नुपर्ने निर्देशन थियाे । १० दिनमा काम नसकिएपछि पुन: ७ दिनलाई म्याद थपिएकाे हाे । 

संसदीय विशेष समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको