Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लाइफले एकैदिन दियो २६ लाखको मृत्यु दाबी भुक्तानी

अर्थ संसार

विहीबार, ०५ साउन २०७९, १७ : ०० मा प्रकाशित

गुराँस लाइफले एकैदिन दियो २६ लाखको मृत्यु दाबी भुक्तानी

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एकैदिन दुई वटा मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले रौतहट,देवाही गोनाही नगरपालिका वडा नं.०१ बस्ने, शेष अनसारुल हकको मृत्यु दावी वापतको रकम उनको इच्छाइएको व्यक्ति निजको श्रीमती समसा खातुनलाई मृत्यु दावी बापतको १३ लाख रूपैयाँकाे चेक हस्तान्तरण गरेका छन् ।

साथै तेह्रथुम जिल्ला, फेदाप गाउँपालिका वडा नं. ०२ बस्ने, वर्ष ३५ को हेमराज लिम्बुको मृत्यु दावी वापतको रकम उनको हकवाला श्रीमती कौशिला लिम्बुलाई मृत्यु दावी बापत जम्मा रकम १३ लाख रूपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले बीमा समितिले आर्थिक वर्ष २०७८/०७९ लाई बीमा दावी भुक्तानी वर्ष घोषित गरेको र सोही अनुरुप कम्पनीले आ.व. २०७८/०७९ मा दर्ता भएका सम्पुर्ण मृत्यु दावी फछ्र्यौट गरि सो आ.व मा मृत्यु दावी भुक्तानी गर्न बाँकी नरहेको जानकारी गराएका छन् । साथै यस आ.व. मा पनि सोही अभियानलाई निरन्तरता दिने प्रतिवद्धता समेत उनले व्यक्त गरेका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको