Like us!
Follow us!
Connect us!
Watch us!

अर्थ संसारलाई एमालेको शुभकामना : संकटउन्मुख अर्थतन्त्रलाई सही दिशा दिने भूमिका खेल्न आग्रह

अर्थ संसार

शुक्रबार, ०६ साउन २०७९, ०९ : ४० मा प्रकाशित

अर्थ संसारलाई एमालेको शुभकामना : संकटउन्मुख अर्थतन्त्रलाई सही दिशा दिने भूमिका खेल्न आग्रह

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अर्थसंसारलाई आठ वर्ष पूरा गरी नवाैँ वर्ष प्रवेश गरेको अवसरमा बधाई तथा शुभकामना दिएको छ । कुसुम मिडिया क्रियसन प्रा.लि.द्धारा सञ्चालित अर्थ संसारले साउन ६ गते शुक्रबार आफ्नो आठौँ वार्षिकोत्सव मनाउँदैछ ।

अर्थसंसारले आठ वर्षसम्म नेपालको सञ्चार क्षेत्रमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै नेकपा एमालेले देशको अर्थतन्त्रका समग्र बैंकिङ, बिमा, पूँजिबजार, उर्जा, निर्माण क्षेत्र लगायतका बारेमा गरेको समाचार र सूचना सम्प्रेषणलाई प्रशंसनीय बताएको छ । शुभकामना संदेशमा मुलुकको अर्थतन्त्र संकटउन्मुख अवस्थाबाट गुज्रीरहेको बताएको नेकपा एमालेले यसलाई सहि दिशामा अगाडी बढाउन सबैले आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।

आगामी दिनमा अर्थसंसारले आफूलाई अब्बल सावित गर्ने सूभेच्छा प्रकट गरेको नेकपा एमाले जनताका प्रत्यक्ष सरोकारका मूल्यवृद्धी, कालोबजारी लगायत विषयहरुलाई प्राथमिकताका साथ उठाउने विश्वास व्यक्त गरेको छ ।  
 

62da12028d90a.jpeg

हामी आभारी छौँ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको