Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लाईफद्वारा २१ लाख बीमा दाबी हस्तान्तरण

अर्थ संसार

शुक्रबार, ०६ साउन २०७९, ११ : ४१ मा प्रकाशित

गुराँस लाईफद्वारा २१ लाख बीमा दाबी हस्तान्तरण

गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय पोखराले २१ लाख दुई हजार रुपैयाँको चेक रकम बीमीतलाई हस्तान्तरण गरेकाे छ ।

कम्पनीको क्षेत्रीय कार्यालय पोखरामा २०७८ साल भदौ ३० गते रु २० लाख बिमाङ्कको जीवन बिमा गरेका पर्वत जिल्ला माहाशिला गाउँपालिका वडा नम्बर १, स्थाई घर भई हाल पोखरा महानगरपालिका पोखरा १५ बस्ने राजु गुरुङ भन्ने यम प्रसाद गुरुङको उपचारका क्रममा असामयिक निधन भएको हुँदा उनकी धर्मपत्नी मोतिमाया गुरुङलाई कम्पनीका क्षेत्रीय प्रमुख हरी शर्मा पौडेल एवं वरिष्ठ क्षेत्रीय मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिलसिनाले सयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । 

उक्त कार्यक्रममा बोल्दै क्षेत्रिय प्रमुख हरि शर्मा पौडेलले एक बत्तीले लाख बत्ती बाले जस्तै हरेक घरमा अभिकर्ताले जीवन बीमाको दियो बाल्नुपर्ने बताए । सो कार्यक्रममा बरिष्ठ क्षेत्रीय मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिल्सेनाले जीबन बीमाले व्यक्ति नै फिर्ता ल्याउन नसकेपनि उसको आम्दानीलाई बचाइ राख्न जीवन बीमामा लगानी गर्नुपर्ने कुरामा जोड दिए ।

साेही कार्यक्रममा कम्पनीका वरिष्ठ मार्केटिङ अधिकृत प्रकाश रेग्मी, अन्डरराईटिङ्ग विभागमा कार्यरत यमुना श्रेष्ठ, देबेन्द्र अधिकारी, त्यसैगरी सिनियर एजेन्सी मेनेजर कृष्ण बहादुर भट्टराई, सिनियर एजेन्सी मेनेजर लक्ष्मण भट्टराई, एजेन्सी मेनेजर बिनिता सुबेदी भण्डारी, एजेन्सी मेनेजर सुरेन्द्र मोहन अधिकारी, एजेन्सी मेनेजर गणेश कुमार श्रेष्ठ, साथै अभिकर्ता गौमती गुरुङ, अभिकर्ता शान्ता खाँण लगायतको उपस्थिति रहेको थियो ।

हामी आभारी छौँ 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको