Like us!
Follow us!
Connect us!
Watch us!

५३ लाख नाघ्याे डिम्याट खाेल्नेकाे संख्या, मेराे सेयर प्रयाेगकर्ता कति ?

अर्थ संसार

आइतबार, ०८ साउन २०७९, १३ : ५६ मा प्रकाशित

५३ लाख नाघ्याे डिम्याट खाेल्नेकाे संख्या, मेराे सेयर प्रयाेगकर्ता कति ?

नेपाली पूँजी बजारमा नयाँ लगानीकर्ता थपिने क्रम दिनानुदिन बढ्दै गइरहेकाे छ । धेरै जसाे लगानीकर्ताहरू आईपीओकाे माध्यमबाट सेयर बजारमा प्रवेश गर्दछन् । 

सरकार तथा कम्पनीहरुले आफूलाई आवश्यक पुँजी संकलनका लागि जारी गर्ने वित्तीय औजार नै सेयर हो ।  आईपीओ, हकप्रद, ऋणपत्र, बन्ड, सामूहिक लगानी कोष आदि सेयरका उदारणहरु हुन् । सेयरलाई धितोपत्र पनि भन्न सकिन्छ । कुनै पनि कम्पनीको सेयर हुनु भनेको त्यो कम्पनीमा आफ्नो स्वामित्व हुनु हो ।

आईपीओ भर्न लगानीकर्ताहरूलाई आवश्यक पर्ने मुख्य कुरा नै डिम्याट खाता हो । नेपालमा डिम्याट खाता खाेल्ने व्यक्तिहरूकाे कुरा गर्नुपर्दा हालसम्म नेपालमा डिम्याट खाता खाेल्नेकाे संख्या ५३ लाख ९ सय ३१ पुगेकाे छ । जसमध्ये, ४४ लाख १ हजार ५७ जना मेराे सेयरमा आवद्ध छन् । 

62dcff35e1113.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको