Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री देउवा भन्छन-‘बजेटलाई सहयोग पुग्‍ने मौद्रिक नीति आएको छ’

अर्थ संसार

सोमबार, ०९ साउन २०७९, ०६ : ०४ मा प्रकाशित

प्रधानमन्त्री देउवा भन्छन-‘बजेटलाई सहयोग पुग्‍ने मौद्रिक नीति आएको छ’

प्रधानमन्त्री शेरबहादुर देउवाले चालु आर्थिक वर्षको मौद्रिक नीति बजेटलाई सहयोग पुग्ने गरेर आएको बताएका छन्। 

आइतबार नेपाल उद्योग परिसंघको १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मौद्रिक नीतिमा मुलुकमा कृषि क्षेत्र, उत्पादनमूलक, निकासीजन्य उद्योगको विकासको लागि सहयोग पुर्‍याउने लक्ष्य रहेको बताए । 

उनले भने, ‘‘भर्खरै यस वर्षको बजेट कार्यान्वयनमा सहयोग पुग्ने गरेर मौद्रिक नीति सार्वजनिक भएको छ। यसबाट मुलुकमा कृषि क्षेत्र, उत्पादनमूलक र निकासीजन्य उद्योगको विकासको लागि सहयोग पुग्नेछ। मौद्रिक नीतिले प्रदान गरेका सहुलियतपूर्ण व्यवस्थाको उपयोग गरेर उद्योगको विकासमा लाग्न अनुरोध छ। देशलाई जतिसक्दो चाँडो समृद्ध मुलुकको रुपमा स्थापित गर्नुपर्ने चुनौती हाम्रा सामु छ।’’ 

उनले स्वदेशमा उत्पादित वस्तु तथा सामग्रीको उत्पादन वृद्धि र बजारीकरण गर्न जोड दिए । नेपालको अर्थतन्त्रमा आन्तरिक तथा बाह्य चाप परेको भन्दै प्रधानमन्त्री देउवाले यसलाई निकास दिन विदेशमा उत्पादित महँगा र विलासीपूर्ण वस्तु स्वदेशमा आयात गर्न छोड्नुपर्ने बताए । 

प्रधानमन्त्री देउवाले मुलुकले धान्न नसक्ने गरेर बढिरहेको व्यापार घाटा, विदेशी मुद्राको घट्दो सञ्चिती सुस्त बन्दै गइरहेकोले नेपालले कृषि उत्पादनमा जोड दिनुपर्ने बताए ।  कृषि क्षेत्र मुलुकको अर्थतन्त्रको आधारस्तम्भ भएकोले कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण गरेर यस क्षेत्रको विकासमार्फत् आर्थिक वृद्धिको जग बलियो बनाउनुपर्ने उनको भनाइ छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको