Like us!
Follow us!
Connect us!
Watch us!

‘बजारले दशैँ खर्च उठाउने अवसर दिएको छ, यस्ता लगानीकर्ताका लागि हुनसक्छ खरिदको अवसर’

लगानीकर्ताको आवाज

सोमबार, ०९ साउन २०७९, १४ : २४ मा प्रकाशित

नेपालको पूँजी बजारका सक्रिय लगानीकर्ता एवंम सेयर विश्लेषक केशव कोईराला 'काका' ले नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत पूँजी बजारलाई थप ड्यामेज हुनबाट जोगाएको बताएका छन् । अर्थ संसार डटकमको कार्यक्रम लगानीकर्ताको आवाजसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । 

‘अहिले समग्र देशको अर्थतन्त्र नै संकटमा छ यस्तो अवस्थामा राष्ट्र बैंकले सेयर बजार मात्र हेर्ने कुरा पनि होईन उसले समग्र अर्थतन्त्रलाई नै हेरे मौद्रिक नीति बनाउने हो’ उनले भने ‘राष्ट्र बैंकले मौद्रिक नीतिबाट उत्पादकत्व बढाउन तर्फ पनि जोड दिएको छ भने बजारलाई थप ड्यामेज हुनबाट जोगाएको छ त्यसैले मैले मौद्रिक नीतिलाई सकारात्मक भनेर स्वागत समेत गरेको छु ।’

एनसीसी बैंकको नाफामा उल्लेख्य बृद्धि, १०६ प्रतिशतले बढ्यो वितरणयोग्य मुनाफा

नेपालमा घरजग्गा कारोबार र सेयर बजारलाई एउटै भनेर गरिने विश्लेषणमा उनको आपत्ति छ । घरजग्गा कारोबार र पूँजी बजार नै अनुत्पादक क्षेत्र भएता पनि पूँजी बजारले प्रत्यक्ष उत्पादन नगरेता पनि यसले अप्रत्यक्ष रुपमा भने उत्पादनलाई प्रोत्साहन गर्ने हुँदा यी दुई क्षेत्रलाई एकै किसिमले हेर्न नहुने तर्क उनको छ ।

अहिलेको बजारमा लगानीका लागि दिर्घकालिन लगानीकर्ताहरुका लागि भन्दा पनि मध्यकालिन लगानीकर्ताहरु र ट्रेडिङ गर्नेहरुका लागि उपयुक्त समय भएको बताउँछन् उनी । ‘अहिले बजारमा प्रवेश गर्नेहरुले दशैँसम्ममा राम्रो प्रतिफल कमाउन सक्छन् तर जो सेयर किनेर बेच्न सक्नुहुन्न जो दिर्घकालिन लगानीकर्ता हुनुहुन्छ वहाँहरुका लागि अहिले सेयर किन्ने बेला भइ नसकेको जस्तो लाग्छ मलाई’ उनले भने । 

केशव कोईरालासँग गरिएको भिडियो कुराकानीः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको