Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल प्रियंका रानी जोशी

अर्थ संसार

मंगलबार, १० साउन २०७९, १३ : ५४ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल प्रियंका रानी जोशी

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो व्यवसाय प्रवद्भनको लागि मिस नेपाल वर्ल्ड, २०२२ लाई सोमबार एक कार्यक्रमका बीच ब्रान्ड एम्बासडरमा नियुक्ती गरेको छ । राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजरबीच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गरिरेको आधुनिक बैंकिङ्ग सेवाको बारेमा खासगरी युवावर्गका ग्राहकहरुमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवद्धन गर्नको निमित्त बैंकले  आफ्नो ब्रान्ड एम्बासडरमा मिस नेपाल वर्ल्ड २०२२ प्रियंका रानी जोशीलाई नियुक्ती गरिएको बताए ।

सो कार्यक्रममा दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले यस्तो सम्झौताले दुवै सस्थाको इमेज निर्माण भई देशको  पर्यटन तथा आर्थिक क्षेत्रको विकासमा सहयोग पुग्ने बताए । सो कार्यक्रममा मिस नेपाल वर्ल्ड २०२२ प्रियंका रानी जोशीले आफु इतिहास बोकेको सरकारी स्वमात्विमा रहेको वाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउँदा अत्यन्त खुसी लागेको बताइन् ।

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु देवेश प्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गाकुमारी कँडेल, विभागीय प्रमुखहरु, दी हिडेन ट्रेजरका निर्देशकद्धय सुवर्ण क्षेत्री प्रमोद कंसकार, मिस नेपाल वर्ल्ड –२०२० नम्रता श्रेष्ठ, मिस नेपाल अर्थ–२०२२ डा.सरिसा श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल–२०२२ न्यान्सी खड्का लगायत बैंक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको