Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु क्यापिटलकाे नयाँ अफर : एप डाउनलोड गर्दा १ लाख जितिने

अर्थ संसार

मंगलबार, १० साउन २०७९, १७ : २५ मा प्रकाशित

प्रभु क्यापिटलकाे नयाँ अफर : एप डाउनलोड गर्दा १ लाख जितिने

प्रभु क्यापिटल लिमिटेडले आफ्नो हितग्राही सदस्यका लागि यही साउन महिनादेखि सुरु भएको चाडपर्वलाई लक्षित गर्दै “Prabhu Capital Cashtival Offer” ल्याएको छ ।

यो योजना साउन महिनादेखि कार्तिक महिनाको छठ पर्वसम्म सञ्चालन हुनेछ । यस Cashtival अफर अन्तर्गत प्रभु क्यापिटलको Mobile App Download गर्ने हितग्राहीले एक लाख रूपैयाँसम्म जित्नसक्ने कम्पनीले जनाएको छ ।

योजनामा सहभागी हुन ग्राहकले आफ्नो मोबाईलमा प्रभु क्यापिटलको Prabhu Capital Digital App Download गर्नुपर्नेछ र सोमा Register गरी आफ्नो डिम्याट खाता लिंक/कनेक्ट गर्नुपर्नेछ ।

यो अफरमा मासिक रुपमा ३ जना विजेताले ५ हजार, ३ हजार, २ हजार जित्न सक्नेछन् भने बम्पर योजनामा सम्पूर्ण सहभागीहरुमध्ये एक जना भाग्यशाली विजताले एक लाख रूपैयाँ जित्न सक्नेछन् ।

यो योजना हालसम्म APP Download गरेका हितग्राहीको हकमा समेत लागू हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको