Like us!
Follow us!
Connect us!
Watch us!

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ६२ प्रतिशतले बढ्यो, ईपीएस कति ?

अर्थ संसार

बुधबार, ११ साउन २०७९, ०६ : ०९ मा प्रकाशित

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ६२ प्रतिशतले बढ्यो, ईपीएस कति ?

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको नाफा उल्लेख्य बढेको छ । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब २६ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ६२.२७ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ३९ करोड ८८ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी पनि ४४.८६ प्रतिशतले बढेको छ भने बैंकको सञ्चालन मुनाफा पनि ६१।५४ प्रतिशतले बढेको हो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ७ रुपैयाँ ७५ पैसा बढेर २४ रुपैयाँ ७ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको