Like us!
Follow us!
Connect us!
Watch us!

वैदेशिक रोजगारीमा गएका नेपालीलाई १० प्रतिशत सेयर

अर्थ संसार

विहीबार, १२ साउन २०७९, १६ : १७ मा प्रकाशित

वैदेशिक रोजगारीमा गएका नेपालीलाई १० प्रतिशत सेयर

वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई १० प्रतिशत सेयर छुट्याइने भएकाे छ ।

आज बिहीबार चालु आर्थिक वर्षको निती तथा कार्यक्रम सार्वजनिक गर्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालले वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई धितोपत्रको प्राथमिक निष्कासनमा दश प्रतिशत सेयर आरक्षित गर्ने गरी धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा संशोधन गरिने जानकारी दिएका हुन् ।

धितोपत्र बोर्डले क्षतिपूर्ती कोष बनाउने

यसका साथै, सेबाेनले गानीकर्ताहरूलाई क्षतिपूर्ती दिनका लागि क्षतिपूर्ती कोष बनाउने घोषणा गरेको छ । लगानीकर्ताहरुलाई हुन सक्ने सम्भावित क्षतिबाट जोगाउनका लागि क्षतिपूर्ति कोष बनाइने भएकाे हाे । 

सेबाेनले आज आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरिरहेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको