Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिन ७१० जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

अर्थ संसार

विहीबार, १२ साउन २०७९, १६ : ३८ मा प्रकाशित

एकैदिन ७१० जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा सात सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार २५ जनामा गरिएको नमुना परीक्षणका क्रममा सात सय १० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २५ सय ४१ जनाको पिसीआर र २४ सय ८४ जनाको एन्टीजेन परीक्षण गरिएको थियो । यस्तै, पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । उनीहरूको उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

नेपालमा अहिले ४२ सय ३६ जना संक्रिय कोरोना संक्रमित रहेका छन् । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार नौ सय ६२ जनाको मृत्यु भइसकेको छ ।

यस्तै, दुई सय १५ जना पछिल्लो एक दिनमा संक्रमणमुक्त भएका छन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको