Like us!
Follow us!
Connect us!
Watch us!

रिपोको ब्याजदर पनि साढे ८ प्रतिशत

पत्रपत्रिका

शुक्रबार, १३ साउन २०७९, ०८ : ०३ मा प्रकाशित

रिपोको ब्याजदर पनि साढे ८ प्रतिशत

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत घोषणा गरेको नीतिगत दरहरू वृद्धि गरेसँगै बजारमा अल्पकालीन ब्याजदर बढ्न थालेको छ । राष्ट्र बैंकले वृद्धि भएको नीतिगत दर कार्यान्वयन गरेपछि बजारमा अन्तरबैंक र रिपोको ब्याजदरका साथै ट्रेजरी बिल्सको डिस्काउन्ट रेटसमेत बढेको हो ।

राष्ट्र बैंकले बिहीवार जारी गरेको रिपोमा बैंकहरूले ८ दशमलव ५५ प्रतिशतसम्म ब्याज बोलकबोल गरेका छन् । ३० अर्ब रूपैयाँको रिपोका लागि बोलकबोल आह्वान गरिएकोमा बैंकहरूले ६० अर्ब बराबरको दाबी गरेका छन् । २१ ओटा संस्थाबाट विभिन्न ब्याजदरमा ८७ ओटा बोलकबोल परेकोमा न्यूनतम ८ दशमलव २ प्रतिशत र औसत ८ दशमलव ३८ प्रतिशत ब्याजदर बोलकबोल भएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए ।

गत आर्थिक वर्षमा राष्ट्र बैंकले तीनपटक गरेर ७० अर्ब रूपैयाँ बराबरको रिपो जारी गरेको थियो । उक्त रिपोमा बैंकहरूले अधिकतम ४ दशमलव ८ प्रतिशत मात्र ब्याजदर बोकलबोल गरेका थिए । चालू आर्थिक वर्षमा कसिलो मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ब्याजदर बढाएर कर्जालाई कडाइ गर्ने नीति अघि सारेको छ । नीतिमा बैंकदर १ दशमलव ५ प्रतिशत बिन्दुले बढाएर ८ दशमलव ५ प्रतिशत पुर्‍याइएको छ ।

बैंकहरूले तरलता व्यवस्थापनका लागि लिने स्थायी तरलता सुविधा (एसएलएफ) को समयसीमा पनि २ दिन घटाएर ५ दिन बनाएको छ । यस्तै नीतिगत दर ५ दशमलव ५ प्रतिशतबाट ७ प्रतिशत, निक्षेप संकलन दर ४ प्रतिशतबाट ५ दशमलव ५ प्रतिशत पुर्‍याएको छ । यी व्यवस्था लागू गर्न केन्द्रीय बैंकले निर्देशन जारी नगरे पनि ब्याजदर वृद्धि गरिसकेको छ, जसले गर्दा बजारमा प्रभाव परेको हो ।

राष्ट्र बैंकले नीतिगत दर वृद्धि गरे पनि अन्तरबैंक कारोबारको ब्याजदर समेत ८ दशमलव ४८ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले नीतिगत दरहरू वृद्धि नगर्दासम्म अन्तरबैंक दर ७ प्रतिशतभन्दा कम थियो ।

आर्थिक अभियान दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको