Like us!
Follow us!
Connect us!
Watch us!

नेपालीले एक वर्षमा ३ करोड १४ लाखभन्दा बढीको पानको पात चपाए

अर्थ संसार

शुक्रबार, १३ साउन २०७९, १२ : ०४ मा प्रकाशित

नेपालीले एक वर्षमा ३ करोड १४ लाखभन्दा बढीको पानको पात चपाए

नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा ३ करोड १४ लाख रुपैयाँभन्दा बढीको पानको पात आयात गरेको छ । 

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको पानको पात नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । 

सो अवधिमा नेपालले ३ करोड १४ लाख ८७ हजार रुपैयाँको पानको पात आयात गरेको छ । विभागका अनुसार उक्त मूल्यमा १ लाख ५३ हजार १०३ केजी पानको पात नेपाल भित्रिएको छ । नेपाल भित्रने सबै पानको पात भारतबाट आउने गरेको विभागले जनाएको छ । 

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले २ करोड ३७ लाख ९४ हजार रुपैयाँमा १ लाख ३३ हजार ५७३ केजी पानको पात भारतबाट आयात गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको