Like us!
Follow us!
Connect us!
Watch us!

जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिकाे प्रतिवेदन सदनमा पेस गर्ने तयारी

अर्थ संसार

शुक्रबार, १३ साउन २०७९, १५ : १० मा प्रकाशित

जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिकाे प्रतिवेदन सदनमा पेस गर्ने तयारी

संसदीय विशेष छानबिन समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने समय तय भएको छ । सभामुखलाई बुझाएलगत्तै सदनमा पेस गर्ने तयारी छ । 

बिहीबार नै समय सकिएको समितिले शुक्रबार सभामुखलाई प्रतिवेदन बुझाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार ज्येष्ठ सदस्यको हैसियतमा समितिको संयोजकत्व गरेका लक्ष्मणलाल कर्णले अपरान्ह ३ बजे सभामुखलाई प्रतिवेदन बुझाउने तय भएको हो । 

संसद सचिवालयका अनुसार संसद भवन नयाँ वानेश्वरमै सभामुखलाई प्रतिवेदन बुझाइनेछ ।  प्रतिनिधिसभाको जारी बैठकलाई स्थगित गरेर आजै अर्को बैठक राखिएकाे छ । पहिलो बैठक स्थगित गरेर छानबिन समितिको प्रतिवेदन सभामुखले बझेर दोस्रो बैठकमा पेस गर्ने तयारी छ । 

करको दल हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रवेश भएको भनी प्रश्न उठेपछि २२ असारमा ११ सदस्यीय समिति गठन भएको थियो । समितिलाई सुरुमा १० दिनको समय दिइएको थियो । समय अपुग भएको भनि साउन ५ गते सात दिन समय थप भएको थियो । प्राप्त समयमै छानबिन समितिले प्रतिवेदन तयार गरेको छ । तयार प्रतिवेदनमा ‘अनधिकृत व्यक्तिको प्रवेश पुष्टि हुन नसकेको’ निष्कर्ष छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको