Like us!
Follow us!
Connect us!
Watch us!

किन भयो हिमाल दोलखा हाइड्रोपावरको दोस्रो बजार कारोबार रोक्का ?

अर्थ संसार

आइतबार, १५ साउन २०७९, ११ : ५७ मा प्रकाशित

किन भयो हिमाल दोलखा हाइड्रोपावरको दोस्रो बजार कारोबार रोक्का ?

आज आइतबार नै ७५ प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव राखी वार्षिक साधारण सभा बाेलाएकाे हिमाल दोलखा हाइड्रोपावरकाे काराेबार कुनै सूचना बिन नै नेपाल स्टक एक्सचेञ्जमा राेक्का रहँदा लगानीकर्ताहरू अन्याेलमा परेका छन् । लगानीकर्ताहरूकाे जिज्ञासा मेटाउन हामीले नेप्सेसँग कुरा गर्याैँ ।

साधारण सभाको सूचना प्रकाशन गर्दा बुकक्लोजको मिति कम्तिमा ७ दिन राख्नुपर्ने प्रावधान रहेकोमा कम्पनीले उक्त नियम पालना नगरेको हुनाले कम्पनीको कारोबार हाललाई रोक्का राखिएको नेप्सेका प्रवक्ता मुरहारी पराजुलीले अर्थ संसारलाई बताए । 

यस्तै, कम्पनीले नियम बिपरित गएर शुक्रबार दोश्रो बजारको कारोबार समयमै बोर्ड मिटिङ राखेकोमा पनि नेप्सेले आपत्ति जनाएको छ ।

हिमाल दोलखा हाइड्रोपावर कम्पनीले भदाै ३ गते लिसारा हल नक्साल काठमाडौँमा हुनेछ । सभामा अध्यक्षको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने गर्ने छ । सभाले कम्पनीको पूँजी बृद्धि सम्बन्धी बिषेश प्रस्तावलाई समेत अनुमोदन गर्नेछ । सभामा हकप्रदमार्फत पूँजी वृद्धि गरी २ अर्ब ८० करोड रुपैयाँ पुर्याउन प्रस्ताव पारित हुनेछ । 

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव गरेको हो । उक्त प्रस्ताव साधारणसभाले पारित गरेपछि हकप्रदका लागि नियामक निकायसंग अनुमतिका लागी कम्पनीले आवेदन दिनेछ । 

कम्पनीले साधारणसभा प्रयोजनार्थ साउन १९ गते १ दिनका लागी बुकक्लोज गर्ने निर्णय गरेको छ । तसर्थ साउन १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु मात्र साधारणसभामा सहभागी हुन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको