Like us!
Follow us!
Connect us!
Watch us!

हिमाल दोलखा हाइड्रोले गर्याे नियम उलंघन, नेप्सेले माग्याे ३ दिने स्पष्टिकरण

अर्थ संसार

आइतबार, १५ साउन २०७९, १३ : ५४ मा प्रकाशित

हिमाल दोलखा हाइड्रोले गर्याे नियम उलंघन, नेप्सेले माग्याे ३ दिने स्पष्टिकरण

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडकाे काराेबार राेक्का गरेकाे छ । कम्पनीसँग ३ दिने स्पष्टिकरण माग गर्दै नेप्सेले कम्पनीकाे काराेबार राेक्का गरेकाे हाे ।

गत शुक्रबार ११ बजे नेप्सेको कारोबार समयभित्र कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई १:०.७५ प्रतिशत हकप्रद सेयर दिने विशेष प्रस्ताव गरेको थियाे । 

धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा भएको व्यवस्था अनुसार विनियम २२(१) बमोजिम जानकारी नगराएको र सोही दिन कारोबार समयमा बैठक बसी धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशिल सूचना तथा जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट सो कम्पनीका पदाधिकारीबाट बञ्चित गराई धितोपत्रको मूल्यमा प्रभाव पारेको नेप्सेकाे सूचनामा उल्लेख छ । 

त्यस्तै धितोपत्र सूचीकरण सम्बन्धी सम्झौता पत्रको बुदाँ नं. १० मा भएको व्यवस्था अनुसार संगठित संस्थाको धितोपत्र दर्ता किताब बन्द गर्नुपर्ने भएमा सोको कारण तथा बन्द रहने अवधि सहितको जानकारी कम्तिमा ७ दिन अगाडी नेप्सेलाई दिनुपर्नेछ भन्ने व्यवस्था रहेकोमा कम्पनीले उक्त सम्झौता समेत उलंघन गरेको भन्दै नेप्सेले ऐ. विनियमावलीको विनियम १६(ख) मा भएको व्यवस्था अनुरुप कम्पनीकाे काराेबार राेक्का गरेकाे छ ।

कम्पनीले के कति कारणबाट नेप्सेको कारोबार समयभित्र सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर दिने विशेष प्रस्ताव गरेको हो ? र शेयरधनी दर्ता कितावको सूचना के कति कारणबाट नेप्सेमा ७ (सात) दिन अगाडी जानकारी नदिएको हो ? ३ (तीन) कार्यदिन भित्र के कति कारणबाट समयमानै जानकारी दिन नसकेको हो ? सो सम्बन्धमा स्पष्टिकरण पेश गर्न अनुराेध गरेकाे छ ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

62e63ba0ab34c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको