Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ कम्पनीको सेयर मूल्य बढ्दा नेप्से इन्डेक्स बलियो हुन्छ

अर्थ संसार

आइतबार, १५ साउन २०७९, २० : ४० मा प्रकाशित

बैंकिङ कम्पनीको सेयर मूल्य बढ्दा नेप्से इन्डेक्स बलियो हुन्छ

पोखरा । पोखराका शेयर बजारका लगानीकर्ताहरुसँग नेप्सेको आजको बढाइ र आगामी यात्राका बारेमा हाम्रा पोखरा सहकर्मी लोकेन्द्र ढकालले गरेको कुराकानीः

राजु​ श्रेष्ठ, अगुवा लगानीकर्ता 

नेप्से इन्डेक्स धेरै घटिसकेको थियाे । सेयर बजारको यात्रा अन्ततः जहिले पनि बुलिस नै हुन्छ । सेयर बढ्छ र बढेपछि घट्छ अनि घटेको शेयर फेरि बढ्ने नै हो । सेयर बजारको सुन्दर पक्ष भनेकै घट्ने र बढ्ने हो । आइतवार सेयर बजार बढेको छ । आजको बढाइले बजारलाई आधार प्रदान गरेको छ । बढ्नै पर्ने स्क्रीप्टहरु बढेका छन्, फण्डामेन्टल रूपमा बलिया बैंक तथा विमा कम्पनीहरुमा आज लगानीकर्ताहरूकाे आकर्षण देखियो  । बैंक नेप्सेको ‘ब्याक बोन’ हो । बैक बढ्यो भने लगानीकर्ताको आत्मबल पनि बढ्छ । बैकहरु अहिले धेरै कम मुल्यमा छन् । मूलतः बैकको लगानी सुरक्षित हुन्छ । बैंकमा बोनसको कम्पाउँण्डिङले राम्रा कम्पनीका लगानीकर्ताले नाफा कमाकै हुन्छन ।

अहिले  १२ देखि २० प्रतिशतसम्म बोनस दिन सक्ने राम्रा राम्रा बैकहरु २ सय ३ सयको रेञ्जमा छन् । त्यसैले कम मुल्यका बैकप्रति लगानीकर्ताको आकर्षण बढेको हो । सधै फाइनान्स, हाइड्रोका कम्पनीले मात्र नेप्सेलाई माथि लान सक्दैनन् । यी जसरी बढ्छन् घट्ने पनि त्यसरी नै हो । फाइनान्स, हाइड्रो भनेका माथिल्ला तलाका आकर्षक डेकोरेसन गरेका कोठाहरु हुन् भने बैक घरका पिल्लर हुन । बैक बढे पछि कम पूँजी भएका फाइनान्स, हाइड्रो जस्ता कम्पनीहरुले पनि आफु सुरक्षित रहेको राहतको सास फेर्ने गर्दछन् । आधारभूत रुपमा बलिया कम्पनी बढेपछि नेप्सेको यात्रा सामान्यतय दिगो र लामो हुने गर्दछ ।आजको बढाइ नेप्सेको आधारभूत बढाइ हो । यसले लगानीकर्तामा विश्वास थपेको छ, बढाइदिएको छ ।

नारायण पौडेल, अगुवा लगानीकर्ता

बजार अब राम्रो हुनु पर्ने हो । अहिले सेयर बजारका लगानीकर्ताले धेरै सम्पति गुमाएका छन् । नियामकारी निकाय शेयर बढ्दा चिन्ता व्यक्त गर्छन् र रोक्न नियन्त्रणकारी नीतिहरु ल्याउँछन । ३२ सय पुगेको नेप्से इन्डेक्सलाई रोक्न चार बाह्रको नीति ल्याएर नियन्त्रण गरियो । बजारलाई स्वतन्त्र रुपमा चल्न दिनु पर्छ ।

पहिल्यै नीतिगत रुपमा सरकार बलियो हुनुपर्दछ तर बढ्यो भनेर रोक्ने नीति ल्याउने र घट्दा चुपचाप बस्ने कारणले लगानीकर्ता मर्कामा पर्छन । सेयर बजारमा नीतिगत सुधारहरु आवश्यक छन् । बजारमा इन्साइडर ट्रेडिङको विगविगी छ । नियामक निकायले इन्साइडरलाई आर्थिक  अपराधीको रुपमा कारबाही गर्नुप¥यो । अहिले कम्पनीको बोनस घोषणाको सिजन शुरु हुँदैछ । सधै यो समय सेयर बजार बढ्ने बेला हो । लगानीकर्तामा शेयर शिक्षाको अत्यन्तै अभाव छ । धेरै राम्रा कम्पनीको शेयर मुल्य धेरै नै तल छन । लगानीकर्ता अध्ययन खोज भन्दा पनि इन्साइडरतिर लाग्छन । नियामनकारी निकायको शेयर शिक्षामा भुमिका जिरो छ । त्यसैले धेरै नयाँ तथा कम अनुभवी लगानीकताहरु फस्ने गर्दछन । आधारभुत रुपमा बलिया कम्पनीको शेयरको मुल्य आइतवार बढेको देखिन्छ । यसले नेप्सेले थप उचाइ लिने आधार बनाएको छ । 

बैंकको व्याजदर बढाउनु मात्र समस्याको समाधान होइन । राष्ट्र बैंक तथा बैंकिङ इण्डस्ट्रिजको सोच पनि गलत छ । सिसाको घरम बसेर अरुलाई ढुङ्गा हान्ने जस्तो व्यवहार लगानीकर्तालाई बैंकले पनि गर्छन् । बैंकले व्यवसायिक लगानीको बातावरण बनाउनु पर्छ  । बैकले कमाउने पनि लगानीकर्ता तथा व्यवसायीलाई सस्टेन गराएरै हो भन्ने कुरा बुझ्नु जरुरी छ । अहिले सरकारका सेवामुखी संस्थाहरु नै पैसा कमाउन लागेका छन । पहिला लगानीकर्तालाई बचाउने नीति नियामक निकाय र बैकको हुनुपर्छ । कोभिड र रसिया युक्रेन युद्धले थलिएको नेपालको अर्थतन्त्र विस्तारै सुधारोन्मुख छ । त्यसैले शेयर बजारले पनि उचाइ हाँसिल गर्नेमा म आशावादी छु । 

प्रभु वाँनिया, लगानीकर्ता

म ट्रेडर हुँ । अहिलेको बजारप्रति म धेरै सकारात्मक छैन । २ हजार २ सय पचासको अवरोधलाई बजारले जसरी डाइजेस्ट गर्छ त्यसरी नै बजारले आगामी यात्रा पनि तय गर्ने हो ।  नेप्सेमा अहिले सेक्टर रोटेसन भएका छ यसले बजारलाई बलियो चाँही बनाउँछ । नेपाल जस्तै आर्थिक अवस्था भएका विश्वका अन्य देशको सेयर बजार इन्डेक्स धेरै माथि छन् । नेपालमा पनि इन्ट्राडे ट्रेडिङको व्यवस्था आउँने हो भने नेप्से इन्डेक्स धेरै माथि जान्छ । खासगरि म जस्ता ट्रेडरका लागि त्यो नै सबैभन्दा खुसिको क्षण हुने छ ।

क्षितिज पौडेल, बैकर तथा लगानीकर्ता

सेयर बजार डिमाण्ड र सप्लाईको खेल हो । मौद्रित नीतिले धेरै प्रश्नहरु उव्जाएको छ । पहिला त यसको निर्देशिका कस्तो आउँछ त्यो हेर्नु प¥यो । राष्ट्र बैंकले जतासुकै कडाइ गरेको छ । मुख्य गरेर सेयर बजारलाइ बैंकको व्याजदर तथा तरलतासंग तुलना गरिन्छ । व्याजदर कम र तरलता सहज हुने अवस्थामा सेयर बजार पनि बढ्ने हो । अहिले पहिलाको भन्दा त तुलनात्मक रुपमा राम्रै अवस्था देखिन्छ । सरकारी खर्च बेलैमा हुने, रेमिट्यान्स बढ्दै जाने र पर्यटकीय आवागमन बढ्दै गएमा सेयर मार्केट पनि बढ्दै जान्छ । मलाइ लाग्छ बैकरहरू अहिले व्याजदर बढाउने पक्षमा छैनन् । यदि भदौ महिनामा राष्ट्र बैकको करकापले व्याजदर बढ्यो भने शेयर मार्केट पनि दवाबमा आउँन सक्छ । यदि व्याज नबढेमा बजार तल झर्नुपर्ने कारण म देख्दिन । साउन भदौ बोनसको महिना पनि भएकाले प्रायः यो बेला बजारले उच्चतम विन्दु हासिल गर्ने बेला नै हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको