नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुको लाभांश सम्बन्धि व्यबस्थालाई परिमार्जन गरेको छ । लाभांश वितरण सम्बन्धमा एकीकृत निर्देशन, २०७८ ले गरेको व्यबस्थालाई संसोधन गरिएको छ ।
इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७७र७८ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांस घोषणा तथा वितरण गर्न पाउने तर, यस्तो नगद लाभांश इजाजतपत्रप्राप्त संस्थाको २०७८ असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशत भन्दा बढी नहुने र खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्र प्राप्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांस वितरण गर्न नपाउने व्यबस्था रहेकोमा यसलाई राष्ट्र बैंकले खारेज गरिदिएको छ ।
यो व्यवस्था हटेसंगै अब बैंक तथा वित्तिय संस्थाहरुले वितरणयोग्य मुनाफाको ३० प्रतिशतभन्दा बढी नगद लाभांश पनि बितरण गर्न सक्ने छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस