Like us!
Follow us!
Connect us!
Watch us!

उच्च भोलाटायल मार्केटमा हुने गल्तीको नयाँ कन्सेप्ट "फोमो"

धिरज पौड्याल

शुक्रबार, २० साउन २०७९, १४ : ३५ मा प्रकाशित

उच्च भोलाटायल मार्केटमा हुने गल्तीको नयाँ कन्सेप्ट "फोमो"

सेयर बजार कन्सेप्टले भन्दा पनि परिस्थिति तथा तथ्यांकले सञ्चालन हुने भनिन्छ । लगानी गर्दा होस् या लगानी रणनीति तयार गर्दा लगानीकर्ताको मुख्य ध्यान वर्तमान परिवेश के छ र कम्पनीको वित्तीय विवरण के भन्दै छ भन्ने हुन्छ तर कतिपय अवस्थामा कम्पनिको वित्तीय विवरण र वर्तमान परिवेशको आधारमा लगानी गर्दा गर्दै वर्तमान परिवेश बनावटी बन्न पुग्छ र हुन्छ गल्ती ‘फोमाे ’ ।

फोमाे अर्थात् ‘ फियर अफ मिसिङ्ग आउट ’ यो कन्सेप्ट विशेषत क्रिप्टोकरेन्सी कारोबारमा देखिन्छ तर अहिले यो कन्सेप्ट विस्तारित भई सेयरबजारमा पनि देखिन थालेको छ। 

फोमाे अर्थात् ‘ फियर अफ मिसिङ्ग आउट ’ को अर्थ यसको शब्द बाट नै थाहा हुन्छ, सामान्य भाषामा बुझ्दा तपाईंले कुनै सेयर खरिद गर्दै हुनुहुन्छ किन भने सबैजनाले यसलाई खरिद गर्दै छन् तर किन भन्ने आधार छैन र केही समय ढिला गर्दा उक्त नपाइने भन्ने परिवेश अथवा डर सृजना हुनु हो। फोमो सेयरबजारमा सेयर छुट्ने मनोवैज्ञानिक डर हो र यसले लगानीकर्ताले तयार पर्ने लगानी योजनालाई निरुत्साहन गर्दछ। 

फोमो मनोवैज्ञानिक आवेग हो र यसलाई लगानीकर्ताले अनुभव गर्न सक्ने सबैभन्दा विनासकारी अवेगको रूपमा मानिन्छ । लगानीकर्ताले सेयरको खरिद तथा बिक्री गर्ने क्रममा यो अनुभव गर्छन् तर उनीहरूलाई लाग्दैन कि उनीहरू यो गरिरहेका छन् । फामोलाई यसकारणले विनासकारी मानिन्छ किनभने यसले लगानीकर्तालाई सोच र अध्ययन बिनानै निर्णय लिन बाध्य बनाउँछ । फोमोबाट लिने निर्णयबाट जोगिन यसकारणले पनि कठिन मानिन्छ की यो मानव संवेदनासँग जोडिएको हुन्छ र फोमोकै कारणले धेरै लगानीकर्ता सेयरबजारमा अनावश्यक रूपमा फसेको पाइन्छ । 

फोमो को प्रयोग विशेष गरी मार्केटिङ मा प्रयोग हुने गर्दछ । मार्केटिङ गर्ने मार्केटरले सामानको बिक्री तथा सेल गर्न सेर्टेज सृजना गरेको देखाउँछन् वा सामानको सेल को तथ्याङ्क देखाउँछन् जसमा धेरै जनाले उपभोग गरेको तथ्याङ्क हुन्छ, उक्त तथ्यांकले सामान्य रूपमा मनोविज्ञानमा यो प्रयोग गर्न छुटेको हो कि भन्ने छाप पर्दछ र साधन लिमिटेड रहँदा उपभोक्ताले लिने निर्णय प्राकृतिक नभई मनोबैज्ञानिक वा भावनात्मक रहन्छ जसका कारण तपाईं नराम्रो बस्तो उपभोगको अनुभवमा पर्नुहुन्छ। सेयरबजारमा पनि यही हुन्छ, सृजित प्रचार हुन्छ जसले तपाईंलाई सोचविचार विनै लगानी गर्न मनोवैज्ञानिक रूपमा प्रेरित बन्नुहुन्छ र नतिजामा तपाईंले खरीद गर्न नचाहेको सेयर तपाईंको पोर्टोलियोमा आई पुग्छ। 

फियर अफ मिसिङ्ग आउट मनोबैज्ञानिक गल्ती हुने हुँदा यसबाट सजक रहनु आवश्यक रहन्छ, लगानीकर्ताको मनोविज्ञानमा प्रभाव पार्ने धेरै सृजित विषयहरू पर्याप्त सृजना हुन्छ यसबाट लगानीकर्ता आफै सजक रहनुपर्छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको