Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन हाइड्रोको आईपीओ नेप्सेमा सूचिकृत, कति पायाे ओपनिङ्ग रेञ्ज ?

अर्थ संसार

शुक्रबार, २० साउन २०७९, १२ : ०३ मा प्रकाशित

हिमालयन हाइड्रोको आईपीओ नेप्सेमा सूचिकृत, कति पायाे ओपनिङ्ग रेञ्ज ?

हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गतेदेखि असार १९ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) आज (साउन २० गते, शुक्रबार) नेप्सेमा सूचिकृत भएकाे छ ।

स्टकका अनुसार कम्पनीकाे एक कराेड ९ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलाे काराेबारका लागि न्युनतम ७६ रूपैयाँ ३३ पैसादेखि अधिकतम २ सय २८ रूपैयाँ ९९ पैसा ओपनिङ्ग रेञ्ज ताेकेकाे छ । त्यस्तै, कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि HHL​ सिम्बाेल प्राप्त गरेकाे छ । 

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १९ लाख ६८ हजार २५० कित्ता आईपीओ निष्कासन गरेको थियाे । जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे । गोलाप्रथाबाट बाँडफाँड गर्दा १ लाख ८३ हजार ४७ जनाले सेयर हात पारेका थिए ।

62ecb670c7b21.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको