Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरी हिल्स नाफामा, २०० प्रतिशतभन्दा बढिले बढ्यो सञ्चालन आम्दानी

अर्थ संसार

आइतबार, २२ साउन २०७९, ०५ : ४९ मा प्रकाशित

चन्द्रागिरी हिल्स नाफामा, २०० प्रतिशतभन्दा बढिले बढ्यो सञ्चालन आम्दानी

चन्द्रागिरी हिल्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

समिक्षा अवधिसम्ममा कम्पनीले २ करोड ५५ लाख ७७ हजार नाफा कमाएको छ । अघिल्लो आर्थिक बर्षको अन्तिमसम्ममा २४ करोड ६२ लाख रुपैयाँ खुद घाटामा थियो । कोभिड १९ का कारण बन्द कम्पनी कोभिडको प्रभाव कम भएसंगै खुल्दा यो अवधिमा कम्पनी नाफा कमाउन सफल भएको देखिन्छ । 

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी  ६६ करोड ९८ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक बर्षको यसै अवधिमा २२ करोड १९ लाख रुपैयााँमा सिमित हुन पुगेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा यो अवधिमा कम्पनीको सञ्चालन मुनाफा २०१.८४ प्रतिशतले बृद्धि भएको हो ।

कम्पनीले प्रकाशित गरेको बित्तिय विवरण अनुसार हाल कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६७ पैसा जुन अघिल्लो बर्ष १७ रुपैयाँ ७८ पैसा ऋणात्मक थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ ७४ रुपैयाँ २९ पैसा रहेको छ ।

चुक्ता पूँजी १ अर्ब ५३ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोष भने ३९ करोड ४४ लाख रुपैयाँले ऋणात्मक छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको