Like us!
Follow us!
Connect us!
Watch us!

७४ प्रतिशतले बढ्यो युनिलिभर नेपालको नाफा, ईपिएस १६२९ रुपैयाँ !

अर्थ संसार

सोमबार, २३ साउन २०७९, ०६ : ४१ मा प्रकाशित

७४ प्रतिशतले बढ्यो युनिलिभर नेपालको नाफा, ईपिएस १६२९ रुपैयाँ !

युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको अपरिष्कृत वित्तिय विवरण प्रकाशन गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफासँगै प्रमुख वित्तीय सूचकहरूमा आकर्षक वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले १ अर्ब ४९ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ७४.१६ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ८६ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी पनि ५ अर्ब ७३ करोड रुपैयाँबाट बढेर ७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । कम्पनीको अन्य स्रोतहरुबाट हुने आम्दानी पनि ५ करोड ८८ लाख रुपैयाँबाट बढेर १२ करोड २९ लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरी, कम्पनीको चुक्ता पुँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १ हजार ६ सय २९ रुपैयाँ (वार्षिक) पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ३ हजार ९ सय ४२ रूपैयाँ रहेको छ । 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारको छः

62f05f6959a00.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको