Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंक र लोकहित डेन्टलबीच आकर्षक छुट गर्ने सम्झौता

अर्थ संसार

बुधबार, २५ साउन २०७९, १२ : ०६ मा प्रकाशित

प्रभु बैंक र लोकहित डेन्टलबीच आकर्षक छुट गर्ने सम्झौता

प्रभु बैंक लिमिटेड र लोकहित डेन्टल हस्पिटलबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला त्रिशुली लोकहित डेन्टल हस्पिटल तर्फबाट अध्यक्ष डा.गणेश साहद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले लोकहित डेन्टल हस्पिटलद्धारा सञ्चालित सेवामा १० प्रतिशत छुट प्राप्त हुनेछ । यद्यपि बिल रकम रु ५०० भन्दा कम भएमा छुट प्रदान हुँदैन ।

उक्त सम्झौता अन्तर्गत लोकहित डेन्टल हस्पिटलमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, लोकहित डेन्टल हस्पिटलका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको