Like us!
Follow us!
Connect us!
Watch us!

प्रयास नेपाल धादिङको जिल्ला स्तरीय सामाजिक लेखापरिक्षण तथा २१ औं बार्षिक साधारण सभा सम्पन्न

अर्थ संसार

शनिबार, २८ साउन २०७९, २१ : ५६ मा प्रकाशित

प्रयास नेपाल धादिङको जिल्ला स्तरीय सामाजिक लेखापरिक्षण तथा २१ औं बार्षिक साधारण सभा सम्पन्न

प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङको जिल्ला स्तरीय सामाजिक लेखापरिक्षण २१ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

साधारणसभा संस्थाका अध्यक्ष रेष्टन कडेलकोे अध्यक्षता तथा समन्वय समिति धादिङका उपप्रमुख कुलमान बिकको प्रमुख आथिथ्यतामा सम्पन्न भएको हो । साधारण सभा तथा सामाजिक लेखा परिक्षण कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक बि.क,बेनिघाटरोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया,उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, चाईल्ड फण्ड जापानका क्षेत्रीय व्यवस्थापक दल बहादुर सुनार, गैरसरकारी संस्था महासंघ धादिङका अध्यक्ष शालिकराम डुवाडी ,नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा , उद्योग बाणिज्य संघका अध्यक्ष तिलक स्मिखडा लगायतले संस्थालाई सुझाव तथा २१ औं साधारण सभामा सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

धादिङबेसीमा भएको सामाजिक लेखापरिक्षण बिद्यालय,बालक्लब।बाल विकास सहजकर्ता,अभिभावकहरु सककारस्का सदस्यहरु लगायत बिभिन्न क्षेत्रमा सरोकारवालाहरुले संस्थाले गरेका कामको प्रशंशा,सुझाव तथा सल्लाह दिएका थिए । सामाजिक लेखापरिक्षण तथा साधारणसभामा संस्थाको ०७८÷०७९ वर्षको आर्थिक तथा प्रगति विवरणको समिक्षा गरिएको थियो । सामाजिक लेखापरिक्षण कार्यक्रमको रेडियो धादिङ र राजमार्ग रेडियोबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

प्रयास नेपाल धादिङले विभिन्न साझेदार संस्थाहरुको सहयोगमा पुर्णिमा कार्यक्रम, प्रारम्भिक बाल विकास कार्यक्रम ,सिद्धलेक सानाकिसान सबलिकरण कार्यक्रम, सक्रिय परियोजना, बे्रटर ब्रिक नेपाल कार्यक्रम, किशोरी छात्राबास निर्माण कार्यक्रम र सुनौलो भबिष्यको लागि शिक्षा गरि जिल्लाको गाउँ÷नगरपालिकाहरुमा कार्यक्रम संचालन मार्फत सामुदायिक विकास कार्य गर्दै आईरहेको जानकारी गराईएको थियो । कार्यक्रममा संस्थाका सचिव बिर बहादुर श्रेष्ठले संस्थाको सांगठनिक,कार्यकारी निर्देशक दामोदर अर्यालले बाषर््िाक प्रगति र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । साधारणसभाले संस्थाको आगामी आ.ब.०७९/०८० निति,कार्यक्रम तथा प्रस्तावित बजेट पारित गरेको छ ।

साधारणसभाले संस्थाको बिभिन्न निति संशोधित सहित समसामयिक ९ वटा प्रस्तावमा छलफल गरी पारित गरेको संस्थाका सचिव बिर बहादुर श्रेष्ठले जानकारी दिनु भयो साधारणसभाका बर्ष भरमिा उत्कृष्ट कार्य गर्ने सुमित्रा चेपाङ,सहदेव पण्डित, राजन रिजाल,रेनुका रुपाखेती,नवराज लामिछाने र सुवास अर्याललाई सामाजिक कार्यकर्ता सम्मान २०७८ र सन्तोष पाण्डेलाई उतकृष्ट सदस्य २०७८ बाट सम्मानित गरिएको ईश्वरी कोईरालाले जानकारी दिनु भयो

62f7ce4c175d2.jpg 62f7ce4c6233a.jpg 62f7ce4cf37a2.jpg 62f7ce4d4d81f.jpg 62f7ce4d5c6c6.jpg 62f7ce4de4fe8.jpg 62f7ce4e4c792.jpg 62f7ce4e9a40e.jpg 62f7ce4ef1d03.jpg 62f7ce4f9f7bb.jpg 62f7ce4fe40b0.jpg 62f7ce5035c16.jpg 62f7ce50a26f3.jpg 62f7ce50bde6f.jpg 62f7ce50ea55b.jpg 62f7ce51a31f2.jpg 62f7ce51e8597.jpg 62f7ce524110c.jpg 62f7ce524697b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको