Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा हरिराम बोगटी

अर्थ संसार

आइतबार, २९ साउन २०७९, १८ : १४ मा प्रकाशित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा हरिराम बोगटी

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा हरिराम बोगटी चयन भएका छन् । आइतबार  बौगिन भिल्ला इभेन्टसमा सम्पन्न साधारणसभाले बोगटीलाई ३ वर्षको लागि  अध्यक्षमा चयन गरेको हो । साधारणसभाले ११ सदस्य कार्यसमिति चयन गरेको छ ।

कार्य समितिमा वरिष्ठ उपाध्यक्षमा दिल कु.विशंखे, उपाध्यक्षमा लक्ष्मण मंग्राती, महासचिवमा विधान बोगटी, सचिवमा कुमार मंग्राती र कोषाध्यक्षमा सान्बाबु बोगटी चयन भएका छन् । त्यसै गरी सदस्यहरुमा प्रमेश विसुन्के, राजन रम्तेल, योगश कुमार नेपाली, राजुन नेपाली (मिजार) र रोशन रोक्का रहेका छन् । 

नेपाल छाला जुत्ता उत्पादक संघका निवर्तमान अध्यक्ष बासु रोक्का (नेपाली)को अध्यक्षमा भएको साधारणसभाको प्रमुख अथितिमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक सरद विक्रम राणा रहेका थिए ।  

त्यसै गरी कार्यक्रममा व्यापार तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत मेघनाथ रिजाल, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंह, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ र  नेपाल हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष सनम शाक्य लगायतका उपस्थिति रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको