राधी बिद्युत कम्पनी लिमिटेडले आफ्नो १४ औँ साधारणसभा आज साउन ३० गते कम्पनीको कार्यलय त्रिपुरेश्वर काठमाडौँमा बिहान ११ः३० बजेदेखि भर्चुअल माध्यामबाट सुरु हुने छ ।
सभामा अध्यक्षको आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् ।
कम्पनीले लाभांश घोषणा गरेको छैन ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको थियो । जस अनुसार अनुसार साउन १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस