Like us!
Follow us!
Connect us!
Watch us!

भदौमा विकास बैंक र फाइनान्सले पनि ब्याज नबढाउने, संस्थागत मुद्दतीको घटाउने

अर्थ संसार

सोमबार, ३० साउन २०७९, १३ : ४६ मा प्रकाशित

भदौमा विकास बैंक र फाइनान्सले पनि ब्याज नबढाउने, संस्थागत मुद्दतीको घटाउने

वाणिज्य बैंक पछि विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि निक्षेपमा ब्याजदर नबढाउने भएका छन् । ब्याज बढाउँदा पनि निक्षेप नबढ्ने निष्कर्श निकाल्दै विकास बैंक र फाइनान्सले पनि भदौका लागि निक्षेपमा ब्याजदर नबढाउने निर्णय गरेका हुन् । 

विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन डेभलपमेन्ट बैकर्स एसोशियसनले भदौ महिनमा पनि निक्षेपको ब्याजदर नबढाउने निर्णय गर्दै हालकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेको छ भने संस्थागत निक्षेपको ब्याजदर भने १ प्रतिशत घटाइने छ ।  

व्यक्तिगत निक्षेपमा व्याजर नबढाउने भएपछि बैंक तथा फाइनान्सहरुले संस्थागत निक्षेपको ब्याजदर घटाएर बित्तिय विवरण प्रकाशन गर्नेछन् । राष्ट्र बैंकले व्यक्तिगत निक्षेप र संस्थागत निक्षेपका बिचमा २ प्रतिशतको अन्तर हुनुपर्ने अनिवार्य व्यबस्था गरेकाले अब संस्थागत निक्षेपको व्याजदर १ प्रतिशत घट्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको