नेपाल राष्ट्र बैंकको सञ्चालकमा अर्थसचिव कृष्णहरि पुष्कर नियुक्त भएका छन् । आज भदौ १ गते बुधबार पुष्करले कायममुकायम प्रधानन्यायाधीस दिपकुमार कार्की समक्ष राष्ट्र बैंकको सञ्चालकका रुपमा सपथ लिएका हुन् ।
अर्थ मन्त्रालयका सचिव राष्ट्र बैंकको सञ्चालक समितीमा पदेन सदस्य हुने व्यबस्था छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पुष्करलाई अर्थ सचिवमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस