Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकद्वारा मर्चेन्ट बोनस योजना सार्वजनिक

अर्थ संसार

शुक्रबार, ०३ भदौ २०७९, ११ : ४८ मा प्रकाशित

कामना सेवा विकास बैंकद्वारा मर्चेन्ट बोनस योजना सार्वजनिक

कामना सेवाबिकास बैंकले आफ्ना Fonepay QR Merchant हरुलाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्नको लागि मर्चेण्ट बोनस योजना ल्याएको छ।

यो योजना बैंकले आफ्नो Fonepay  QR Merchant हरुलाई डिजिटल भुक्तानी लिन प्रेरित गर्नको लागि भाद्र १ गतेदेखि सुरु गरेको हाे ।

“QR कारोबारमा बोनसको बहार, Merchant हरुलाई कामना सेवाको उपहार” योजना अन्तर्गत QR Merchant हरुले QR प्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको १५% वा ५० रूपैयाँ सम्म बोनस बापत आफ्नो कामना सेवा बैंकमा रहेको आफ्नो खाता मार्फत प्राप्त गर्न सक्नेछन् । 

बैंकले डिजिटल कारोबारलाई प्रबर्धन गर्ने उद्देश्यले यो योजना ल्याएको हो। साथै यस योजनाले नेपाल राष्ट्र बैंकले घोषणा गरेको “Digital Payment Year” लाई टेवा पुर्याउने बैंकले विश्वास लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको