Like us!
Follow us!
Connect us!
Watch us!

‘Nabil Gen Alpha’ को ब्राण्ड एम्बासेडरमा ९ वर्षीया समाजसेवी प्रेन्सा रेग्मी नियुक्त

अर्थ संसार

सोमबार, ०६ भदौ २०७९, १६ : २३ मा प्रकाशित

‘Nabil Gen Alpha’ को ब्राण्ड एम्बासेडरमा ९ वर्षीया समाजसेवी प्रेन्सा रेग्मी नियुक्त

नबिल बैंकले समाजसेवी प्रेन्सा रेग्मीलाई नबिल जेन अल्फाको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । नबिल जेन अल्फा १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावक हरुलाई लक्षित गरि ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित प्रोडक्ट हो ।

अभिभावकहरूले यस एपमार्फत् आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्छन् । बालबालिकाहरुले पनि दिइएको कार्य सम्पादन पछि अंक कमाउन सक्छन् र त्यहि अंक लिंक गरिएकोे खातामा पैसाका रुपमा बचत हुने प्रावधान रहेको छ । यो प्रोडक्ट मार्फत् बालबालिकाहरुलाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकहरुको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ ।

बैंकले रेग्मीलाई ब्रान्ड एम्बेसडरमा नियुक्तगर्न पाउँदा खुसी व्यक्त गरेको छ । रेग्मीले महामारीको समयमा सर्जिकल मास्क वितरण गरेर आठ वर्षको उमेरमा सामाजिक कार्यको थालनी गरेकी थिइन् । पोखराको बिरौटाका स्थायी बासिन्दा ९ वर्षीया रेग्मीले भर्खरै दुबईमा Child Prodigy Awards 2022 जितेकी छन् ।

“Nabil Gen Alpha बालबालिकालाई मार्गदर्शन गर्न, उत्प्रेरित रप्रोत्साहितगर्र्न ल्याइएको एपमाआधारित नेपालकै पहिलो डिजिटल प्रोडक्टहो,” नबिल बैंककाप्रमुखकार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले जानकारी दिए । “प्रेन्साएक समाजसेवीतथाहाम्रो लक्षित समूहलाई प्रतिनीधित्वगर्ने प्रेरणादायी पात्रभएकोलेहामीले उहाँलाई यो प्रोडक्टको लागिसही फिट पाएका छौं” उनले थपे । 

यो प्रोडक्टप्राविधिक ज्ञान भएकानयाँ पुस्ताकाबालबालिकालाई लक्षित गरी ल्याएको बताउँदै ढुङ्गानाले भने, “हामीले एउटा एपविकास गरेका छौं, जहाँबालबालिकाले आफ्नाअभिभावकले तोकेको काममाअंककमाउन सक्छन्। यसरी बच्चाहरूले घरको कामर जीवन सीपहरू सिक्दै आफ्नो लिङ्कगरिएको खातामा पैसा कमाउन सक्छन्।”उनले यस एपले सानै उमेरबाट बालबालिकाहरुमावित्तीय साक्षरता बढाउने, बचतको महत्व र बजेटको बारेमासिक्न र बुद्धिमतापूर्वक खर्च गरेर चाहना र आवश्यकताबीचको भिन्नताबुझ्न मद्दत गर्ने बताए ।बैंकले सेप्टेम्बरबाट उत्पादन सार्वजनिकगर्ने योजनाबनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको