Like us!
Follow us!
Connect us!
Watch us!

बालेनको प्रशंसा गर्दै कमल थापाले भने– सबैले बालेनलाई सहयोग गरौं

अर्थ संसार

विहीबार, ०९ भदौ २०७९, १० : १७ मा प्रकाशित

बालेनको प्रशंसा गर्दै कमल थापाले भने– सबैले बालेनलाई सहयोग गरौं

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको प्रशंसा गरेका छन् । 

काठमाडौं महानगरपालिका भित्र बनेका अवैध घर टहर भत्काउन शाह सक्रिय भएपछि थापाले उनको प्रशंसा गरेका हुन् । 

‘अवैध संरचना भत्काउने र देशको राजधानी काठमाडौंलाई सफा सुन्दर र स्वच्छ बनाउने मेयर बालेन्द्र शाहको प्रयास प्रशंसनीय छ,’ थापाले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । 

शाहको कार्यले तत्काल केही असुविधा भएपनि दीर्घकालमा सबैलाई फाइदन हुने उनले बताएका छन् । 

‘तत्काल केही असुविधा भएपनि यसको दीर्घकालमा सबैलाई फाइदा हुन्छ । यस कार्यमा सबैले सहयोग गरौं,’ थापाले भनेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको