Like us!
Follow us!
Connect us!
Watch us!

आगामी साताबाट शुक्रबारको कारोबार बन्द गर्ने नेप्सेको आश्वासन

अर्थ संसार

विहीबार, ०९ भदौ २०७९, १४ : ५४ मा प्रकाशित

आगामी साताबाट शुक्रबारको कारोबार बन्द गर्ने नेप्सेको आश्वासन

शुक्रबार हुने सेयर बजारको दोस्रो बजार कारोबार बन्द गर्नु पर्ने माग राख्दै लगानीकर्ताको समूहले नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा निवेदन दिएका छन् । लगानीकर्ताहरु राकेश छुका, मोद प्रसाद त्रिपाठी, दिपेश केसी र दिर्घकार उपाध्ययले संयुक्त निवेदन दिएका हुन् । 

लगानीकर्ताहरुको निवेदन बुझ्दै नेप्सेका प्रमुख कार्यकारी अधिकृत(सिईओ) कृष्ण बहादुर कार्कीले यो सातामा संभव नभएपनि आगामी सातादेखि शुक्रबारको कारोबार बन्द गर्ने आश्वास दिएको दिएको बताउछन् लगानीकर्ता राकेश छुका । 

'विगतमा नेपाल सरकारको निर्णय बमोजिम आइतबार सरकार मातहतका कार्यालयहरु बिदा दिइने निर्णय भएको सर्वविदितै छ । सोही निर्णय अनुसार सेयर बजारमा पनि आइतबार बिदा दिई शुक्रबार सेयर बजार खुलाएको थियो पछि नेपाल सरकारले उक्त निर्णय फिर्ता लिई सकेपछि हाल आइतबार पनि कार्यालयहरु संचलानमा आएको छ र सोही बमोजिम सेयर बजार पनि आइबार संचालनमा आयो तर नेप्सेले शुक्रबार कारोबार बन्द गर्नुपर्नेमा बन्द नगरी प्रत्येक शुक्रबार २ घण्टा कारोबार संचालन गरीरहेको छ । अन्तर्राष्ट्रिय कानून अनुसारमा पनि विश्वमा ५ दिन मात्रै सेयर कारोबार हुने निवेदन गर्दछौं । अब उप्रान्त पूर्व यथावत अवस्थामै हप्तामा ५ दिन मात्र सेयर कारोबार संचालनको लागि हामी आम लगानी कर्ताहरुले अब शुक्रबार सेयर कारोबार पूर्ण रुपमा बन्द हुनु पर्छ भनी हस्ताक्षर संकलन गरी पेश गरेका छौं' लगानीकर्ताले दिएको निवेदनमा भनिएको छ । 

केहि दिन अघि नै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले समेत शुक्रबारको कारोबार बन्द गर्न मौखिक आदेश समेत दिएका थिए तर अध्यक्षको मौखिक आदेशकै आधारमा शुक्रबारको कारोबार बन्द गर्ने निर्णय गर्न नसकिने भन्दै नेप्सेको बोर्डले उक्त निर्णय गरेको थिएन ।   

विगतमा नेपाल सरकारले जेठ १ गतेदेखि लागु हुने गरी शनिबार र आइतबार साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्सेले पनि आईतबारदेखि शुक्रबारसम्म सेयरको दोस्रो बजार कारोबार खुलाउने निर्णय गरेको थियो तर सरकारले पूनः असार १ गतेदेखि लागु हुने गरी आईतबारका लागि दिएको सार्वजनिक बिदा कटौती गर्यो त्यसपछि नेप्सेको जेठ २५ गते बसेको सञ्चालक समिती बैठकले असार १ गतेदेखि धितोपत्रको दोस्रो बजार आइतबारदेखि बिहिबारसम्म ११ बजेदेखि ३ बजेसम्म र शुक्रबार ११ बजेदेखि १ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो । 

त्यस्तै केहि साता अघि नेपाल आर्थिक पत्रकार संघ नाफिजको आयोजनामा भएको पूँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपाल स्टक एक्सचेन्जका सहायक प्रबन्धक निरञ्जन फुँयालले नेप्सेले शुक्रबारको कारोबार बन्द गर्ने तयारी गरेको बताएका थिए।

63073d0348218.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको