Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक सुरक्षा भत्ता दिन वडाध्यक्ष घर-घरमै

अर्थ संसार

शुक्रबार, १० भदौ २०७९, १२ : ५२ मा प्रकाशित

सामाजिक सुरक्षा भत्ता दिन वडाध्यक्ष घर-घरमै

जुम्लाकाे कनकासुन्दरी गाउँपालिकाको वार्ड नम्बर १ का नवनिर्वाचित वडा अध्यक्ष भिमबहादुर भण्डारी आफैं उपस्थित भएर सेवाग्राहीका घरमै सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छन् ।

भत्ता वितरण गर्न मात्रै नभई मतदातालाई धन्यवाद दिन र  गाउँमै वडा सरकार आएको महसुस गराउनका लागी बुम्रमाडिचौरगाउमा रहेको मतदाताको घरअंगानमा  पुगेको बताए  । 

एकल महिला, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई  भत्ता बुझ्ने ठाउँसम्म पुग्न कठिनाइ हुने भएकाले भत्ता पाउने सेवाग्राहीको घरमै पुगेर  वितरण  गरेको उनले बताए ।

 ‘गाउँमै भत्ता वितरण गर्ने कुरा त हाम्रो चुनावी प्रतिबद्धता नै थियो,'  अध्यक्ष भण्डारीले भने ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको