Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंक र लिलावती हस्पिटलबीच छुट सम्झौता

अर्थ संसार

सोमबार, १३ भदौ २०७९, १३ : ०२ मा प्रकाशित

प्रभु बैंक र लिलावती हस्पिटलबीच छुट सम्झौता

प्रभु बैंक लिमिटेड र सर्लाहीस्थित लिलावती हस्पिटलबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट हरिवन शाखा कार्यालय प्रमुख मनोज कुमार साह र लिलावती हस्पिटलका तर्फबाट निर्देशक डा. किशोर साहद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले लिलावती हस्पिटलद्धारा सञ्चालित ल्याब, एक्स-रे, अल्ट्रा साउण्ड, अपरेशन (सी.एस्, टि.ए.एच्) र नर्मल डेलिभरी सेवामा १० प्रतिशतका साथै  आइ.पी.डी (बेड चार्ज), एन्.आइ.सी.यु सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ । 

सम्झौता अन्तर्गत लिलावती हस्पिटलमा सुविधा लिन चाहाने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, लिलावती हस्पिटलका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको