Like us!
Follow us!
Connect us!
Watch us!

अदालत अवहेलना मुद्दामा सर्वाेच्चले माग्यो मेयर बालेनसँग लिखित जवाफ

अर्थ संसार

सोमबार, १३ भदौ २०७९, १६ : ५५ मा प्रकाशित

अदालत अवहेलना मुद्दामा सर्वाेच्चले माग्यो मेयर बालेनसँग लिखित जवाफ

सर्वाेच्च अदालतले अदालतको अवहेलना मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ । 

अधिवक्ता दीपकराज जोशीले बालेनविरुद्ध दायर गरेको अदालतको अवहेलना मुद्दामाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले बाटाको म्यादबाहेक सात दिन भित्र आफैं वा आफ्ना प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो । 

‘यसमा के कसो भएको हो ? निवेदन मागबमोजिम अवहेलनामा सजाय किन नहुनुपर्ने हो ? सोको आधार, कारणसहित यो आदेश प्राप्त भएका मितिले बाटाका म्यादबाहेक सात दिनभित्र आफैं वा आफ्नो प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नू भनी यो आदेश र निवेदनको प्रतिलिपी साथै राखी विपक्षका नाममा म्याद सूचना पठाई म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघेपछि निमानुसार पेस गर्नू,’ आदेशमा भनिएको छ । 

मेयर बालेनले आफैँ गएर नर्भिक अस्पतालमा बनेको भनिएको अवैध संरचना भत्काउन निर्देशन दिएका थिए । तर, नर्भिकले केही दिनको समय माग्यो । यसपछि महानगरले अस्पताललाई अवैध संरचना भत्काउन समय दियो ।

तर, नर्भिकले आफ्नो संरचना नभत्काउन माग गर्दै दिएको निवेदनउपर सुनुवाइ गर्दै सर्वाेच्च अदालतले नर्भिक अस्पतालले नक्सा पास नगरी बनाएको संरचना तत्काल नहटाउन अन्तरकालीन आदेश दिएको थियो ।

उक्त आदेशपछि मेयर साहले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको दाबी गर्दै अधिवक्ता दिपकराज जोशीले उक्त रिट दायर गरेका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको