नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले अब नेप्से र सेवोनले लिने शुल्क पनि परिमार्जन हुने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज(सेजन) द्वारा आयोजित नेपालको पुँजी बजारको विकासमा आवश्यक नीतिका विषयमा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
' हामीले भर्खरै सिआस्वा शुल्कलाई घटाइसकेका छौं अब बोर्ड र नेप्सेले लिने शुल्क पनि केही परिमार्जन गर्नु पर्छ भनेर हामी तयारी गरेका छौं ' उनले भने ' कती कुराहरू गर्ने भन्दा भदै पनि हाम्रो सिस्टमका कारण समयमै गर्न सकिरहेका छैनौं यसको प्रमुख कारण हामीलाई स्वयात्तता नहुनु पनि हो हामी अर्थमंत्रालयको एउटा विभागको रुपमा मात्र काम गरिरहेका छौं त्यो कारण पनि सोचेजति काम गर्न सकिएको छैन ।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस