Like us!
Follow us!
Connect us!
Watch us!

फोहोर व्यवस्थापनको उपाय खोज्दै मेयर बालेनको आह्वानमा उपत्यकाका नगर प्रमुख पुगे मध्यपुरथिमि

अर्थ संसार

विहीबार, १६ भदौ २०७९, ०८ : ४७ मा प्रकाशित

फोहोर व्यवस्थापनको उपाय खोज्दै मेयर बालेनको आह्वानमा उपत्यकाका नगर प्रमुख पुगे मध्यपुरथिमि

फोहोरमैला व्यवस्थापन गर्न काठमाडौं उपत्यकाभरिका १८ वटा नगरपालिकाले साझा अवधारणा बनाएर अगाडि बढ्ने भएका छन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको आह्वानमा बुधबार मध्यपुरथिमिको फोहोर संकलन गरी जापानी प्रविधिबाट प्रांगारिक मल उत्पादन गरिरहेको मध्यपुरथिमिको रिकिसी प्रांगारिक मल उत्पादन केन्द्रमा उपत्यकाका नगर प्रमुखहरूले अवलोकन भ्रमण गरेका छन्।

उपत्यकाको फोहोर व्यवस्थापन गर्न साझा अवधारणा बनाउने लक्ष्यका साथ काठमाडौं महानगरका प्रमुख शाहको नेतृत्वमा उपप्रमुख सुनिता डंगोल, ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, दक्षिणकालीका नगरप्रमुख मोहन बस्नेत, गोकर्णेश्वरका नगरप्रमुख दीपककुमार रिसाल, मध्यपुरथिमिका प्रमुख सुरेन्द्र श्रेष्ठ, चाँगुनारायणका प्रमुख जीवन खत्री लगायत नगर प्रमुखहरूले फोहोरबाट मल उत्पादनबारे स्थलगत अवलोकन गरी जानकारी लिएका मध्यपुरथिमि नगरपालिकाका सूचना अधिकृत केशव सिलवालले जानकारी दिए।

अवलोकनपछि नगर प्रमुखहरूले बञ्चरेडाँडाको विकल्पमा अन्य स्थानको खोजी गर्ने र उपत्यकाको घरघरबाट दैनिक निस्किने फोहोर छुट्याएर व्यवस्थापन गर्नसक्ने गरी विकल्प खोजी गर्ने क्रममा मध्यपुरथिमि आएको सिलवालले बताए।

मध्यपुरथिमिमा चार वर्षअघि तत्कालीन नगर प्रमुख मदनसुन्दर श्रेष्ठ जापान भ्रमण गरी जापानी प्रविधिबाट कम्पोस्ट मल उत्पादन सिकेर प्राविधिक टोलीसहित ल्याएर थिमिमा मल उत्पादन सुरू गरेका थिए।

मध्यपुरथिमि वडा नम्बर ४ र ५ बाट फोहोर संकलन गरी मल बनाउँदै आए पनि अन्य वडाको फोहोरबाट मल उत्पादन गर्न सकिएको छैन। यो प्रविधिलाई भक्तपुर नगरपालिकाले पनि परीक्षणको रूपमा सुरू गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको