Like us!
Follow us!
Connect us!
Watch us!

असोजबाट शुक्रबारको सेयर कारोबार बन्द हुने

अर्थ संसार

आइतबार, १९ भदौ २०७९, १२ : ५९ मा प्रकाशित

असोजबाट शुक्रबारको सेयर कारोबार बन्द हुने

असोज महिनादेखि शुक्रबारको सेयर कारोबार बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को आइतबार बसेको सञ्चालक समितिको बैठकले असोज महिना देखि शुक्रबारको सेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो । 

असोज महिनाको पहिलो शुक्रबार देखि नै सेयर कारोबार बन्द गर्ने नेप्सेले जनाएको छ । सरकारले आईतबारको बिदा समेत खारेज गरेसंगै लगानीकर्ताहरुले शुक्रबारको कारोबार बन्द गर्नुपर्ने माग गरेका थिए । 

केहि दिन अघि नै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले समेत शुक्रबारको कारोबार बन्द गर्न मौखिक आदेश समेत दिएका थिए तर अध्यक्षको मौखिक आदेशकै आधारमा शुक्रबारको कारोबार बन्द गर्ने निर्णय गर्न नसकिने भन्दै नेप्सेको बोर्डले उक्त निर्णय गरेको थिएन ।   

जस्तापाताको तौलमा विदेशी लगानीबाट संचालित आरती स्ट्रिप्सको ठगी, ५७ केजीभन्दै पठायो ५३ केजी (भिडियोसहित)

विगतमा नेपाल सरकारले जेठ १ गतेदेखि लागु हुने गरी शनिबार र आइतबार साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्सेले पनि आईतबारदेखि शुक्रबारसम्म सेयरको दोस्रो बजार कारोबार खुलाउने निर्णय गरेको थियो तर सरकारले पूनः असार १ गतेदेखि लागु हुने गरी आईतबारका लागि दिएको सार्वजनिक बिदा कटौती गर्यो त्यसपछि नेप्सेको जेठ २५ गते बसेको सञ्चालक समिती बैठकले असार १ गतेदेखि धितोपत्रको दोस्रो बजार आइतबारदेखि बिहिबारसम्म ११ बजेदेखि ३ बजेसम्म र शुक्रबार ११ बजेदेखि १ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो । 

त्यस्तै केहि साता अघि नेपाल स्टक एक्सचेन्जका सहायक प्रबन्धक निरञ्जन फुँयालले नेप्सेले शुक्रबारको कारोबार बन्द गर्ने तयारी गरेको बताएका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको