Like us!
Follow us!
Connect us!
Watch us!

सकियाे मनकामना केबलकारकाे स्तरोन्नति, शनिबारदेखि सञ्चालनमा आउने

अर्थ संसार

सोमबार, २० भदौ २०७९, १२ : ५४ मा प्रकाशित

सकियाे मनकामना केबलकारकाे स्तरोन्नति, शनिबारदेखि सञ्चालनमा आउने

केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको लागि साउन २३ गतेदेखि बन्द गरिएको मनकामना केबलकार आगामी शनिबारदेखि सञ्चालनमा आउने भएको छ ।

कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको काम अघि बढाइरहेको थियाे । यस चरणमा स्टेशनका सम्पूर्ण नया पार्ट्स पुर्जा फेरिएको छ । 

केबलकारको महत्वपूर्ण पार्ट्स गोंडोलाको सबै ग्रिपहरु फेरिएको छ , गिएर बॉक्सको चेक तथा अलायन्मेंट मिलाउने कार्यका साथै ४ टावरहरुको पार्टस् फेर्ने कार्य, हायड्रोलिक्स सिस्टमको चेक जाँच तथा पार्ट्स फेरने कार्य अलावा संपूर्ण टावरको निरीक्षण गरी पूर्ण रूपमा टेस्टिंग र कमिशनिंग गर्ने काम पनि गरिएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको