Like us!
Follow us!
Connect us!
Watch us!

बिजबजारकाे "२० मा बीज" क्याम्पेन : भारी छुट पाइने

अर्थ संसार

सोमबार, २० भदौ २०७९, १३ : ४३ मा प्रकाशित

बिजबजारकाे "२० मा बीज" क्याम्पेन : भारी छुट पाइने

ई–कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने "२० मा BIZ" नामक Campaign अन्तर्गतको भाद्र महिनाको Campaign भाद्र १९ गते राती १२ बजे देखि २० गतेसम्म live गरीरहेकाे छ । Campaign का केही याेजनाहरू भाद्र २२ गतेसम्म live हुने कम्पनीले बताएकाे छ ।

आज भाद्र २० गते बिजबजारले अपराह्न ६ बजे देखि राति ८ बजेसम्म आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप सञ्चालन गर्नेछ । जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन्।

सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा यस Campaign अन्तर्गतको Exclusively Mahaboudha याेजनामा ७५ प्रतिशत सम्म, बिजुलीकाे बजार याेजनामा ७० प्रतिशतसम्म र घरकाे Essentials याेजनामा ६५ प्रतिशतसम्म छुटसहित अन्य आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् भने यो कहाँ पर्याे अन्तर्गत खेलका विजेता सेवाग्राहीहरूले आफूले मगाएको सामानमा निःशुल्क डेलिभरी समेत प्राप्त गर्न सक्नेछन्।

२० मा BIZ का लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ।

साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो Campaign प्रभावकारी हुने विश्वास कम्पनीले लिएकाे छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको