Like us!
Follow us!
Connect us!
Watch us!

बिजबजारको ‘२० मा बिज’: होली पर्वलाई लक्षित, विभिन्न शीर्षकमा आकर्षक छुट

अर्थ संसार

शुक्रबार, १९ फागुन २०७९, १३ : ४६ मा प्रकाशित

बिजबजारको ‘२० मा बिज’: होली पर्वलाई लक्षित, विभिन्न शीर्षकमा आकर्षक छुट

ई–कमर्स प्लेटफर्म बिजबजारले प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने ‘२० मा BIZ’ नामक क्याम्पिएनअन्तर्गतको फाल्गुन महिनाको Campaign फाल्गुन १९ गते राती १२ बजे देखि २० गते सम्म लाइभ गर्ने भएको छ ।  Campaign का केही योजनाहरू फाल्गुन २५ गते सम्म उपलब्ध हुने तथा यस पटकको २० मा BIZ होली पर्वलाई लक्षित गरिएको कम्पनीले बताएको छ । यही फाल्गुन २० गतेका दिन बिजबजारले अपराह्न ६ बजे देखि आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले डिस्काउन्ट कुपन तथा मोबाइल टप अप जित्न सक्नेछन्।

सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा यस Campaign अन्तर्गतको  Electronics: Hi-Tech Holi योजनामा ५० प्रतिशत सम्म, Apparel: Splash into Style योजनामा ६० प्रतिशत सम्म, Home Decor & Furniture: Holi-fy your Home योजनामा ५० प्रतिशत सम्म, Health & Beauty: Color Me Happy योजनामा ५० प्रतिशत सम्म र Women’s Day Special: Holi with Her योजनामा ६० प्रतिशत सम्म छुटसहित अन्य आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् ।

साथै सेवाग्राहीहरूले फाल्गुन २० र २१ गतेको प्रत्येक अडरमा नेपाल भरि डेलिभरी शुल्कमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

२० मा BIZ का लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ भने साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो Campaign प्रभावकारी हुने विश्वास पनि कम्पनीले लिएको छ।

सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टोरमा गएर तुरुन्तै र सजिलै ‘Bizbazar Online Shopping App’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारका अनलाइन सपिङ सेवा लिन चाहेमा सिधै https://bizbazar.com.np/ टाइप गरेर पनि यो सेवा लिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको