Like us!
Follow us!
Connect us!
Watch us!

ई–कमर्स प्लेटफर्म ‘बिजबजार’ले भ्यालेन्टाइनस् डेको अवसरमा ल्यायो अकर्षक अफर

अर्थ संसार

विहीबार, २६ माघ २०७९, १७ : ५० मा प्रकाशित

ई–कमर्स प्लेटफर्म ‘बिजबजार’ले भ्यालेन्टाइनस् डेको अवसरमा ल्यायो अकर्षक अफर

ई–कमर्स प्लेटफर्म बिजबजारले भ्यालेन्टाइनस् डेको अवसरमा ७ फेब्रुअरीदेखी एक हप्ता अर्थात् भ्यालेन्टाइनस् डे १४ फेब्रुअरी सम्म ‘बी आवर भ्यालेन्टाइन’ नामक  ‘भ्यालेन्टाइनस् वीक क्याम्पेन’ सञ्चालन गरिरहेको छ। ई–कमर्स प्लेटफर्म बिजबजारले आज एक विज्ञप्ति जारी भ्यालेन्टाइनस् डेको अवसरमा ‘बी आवर भ्यालेन्टाइन’ नामक  ‘भ्यालेन्टाइनस् वीक क्याम्पेन’ सञ्चालन गरिरहेको हो ।

सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा यस  क्याम्पेनअन्तर्गतको ‘गीफ्ट फर हीम’ योजनामा ५५ प्रतिशत सम्म, ‘गीफ्ट फर हर’ योजनामा ५५ प्रतिशत सम्म छुट सहित अन्य आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् । 

साथै कम्पनीले रु २ हजार माथिको खरिदमा रु दुई सय बराबरको भौचर पनि प्रदान गर्ने छ जुन भौचर ग्राहकले मायालु कोड प्रयोग गरी २८ फेब्रुअरी भित्र प्रयोग गर्न सक्ने छन्। बिजबजारले आफ्नो आधिकारिक फेसबुक पेजबाट सो क्याम्पेन अवधिमा विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू पनि सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन् ।

यो अफरका लागि का लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ।
सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टोरमा गएर तुरुन्तै र सजिलै ‘बिजबजार अनलाइन सपीङ’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ सेवा लिन चाहेमा सिधै धधध।दष्शदबशबच।अयm।लउ टाइप गरेर पनि यो सेवा लिन सकिनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको