Like us!
Follow us!
Connect us!
Watch us!

जनवरी ४ सम्म राइजिङ मलमा बिजबजारकाे मल एक्टिभेसन

अर्थ संसार

बुधबार, १३ पुस २०७९, १३ : ३६ मा प्रकाशित

जनवरी ४ सम्म राइजिङ मलमा बिजबजारकाे मल एक्टिभेसन

ई–कमर्स प्लेटफर्म बिजबजारले डिसेम्बर २४ देखि जनवरी ४ सम्म राइजिङ मलमा मल एक्टिभेसन सञ्चालन गरिरहेको छ । 

बिजबजारका अनुसार सेवाग्राहीहरूका लागि उपलब्ध हुने रोमाञ्चक अफर र छुटहरूको फाइदा उठाउनका लागि यो उत्कृष्ट अवसर हो । साथै यो अवसरमा सेवाग्राहीहरूले बिजबजारको वेबसाइटमा एकाउन्ट दर्ता गरी विभिन्न क्रियाकलापमा सहभागी भई  आकर्षक गिफ्टहरू समेत जित्न सक्ने छन् । यो सँगै सेवाग्राहीहरूले रु ५०० को छुट पनि प्राप्त गर्न सक्नेछन् । मल एक्टिभेसनमा सेवाग्राहीहरू सहभागी भई बिजबजारका विभिन्न ब्रान्ड, अफर साथै अन्य सुविधाको जानकारी लिन सक्ने कम्पनीले जनाएको छ । 

 सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टाेरमा गएर तुरुन्तै र सजिलै ‘Bizbazar Online Shopping App’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारकाे अनलाइन सपिङ सेवा लिन चाहेमा सिधै www.bizbazar.com.np टाइप गरेर पनि यो सेवा लिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको